Skip to content

हेटौडा एकेडेमीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रिमाल नियुक्त, आगामी शैक्षिक सत्र देखी उच्च शिक्षा अध्यापनको तयारी

  • by

हेटौंडा एकेडेमीको प्रमुख कार्यकारी अधिकृतमा रमेश रिमाल नियुक्त भएका छन् । आज एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले रिमाललाई स्वागत गरेको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख रिमालले विद्यालयको शिक्षालाई गुणस्तर बनाउन आफूले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । विद्यालयलाई देशकै उत्कृष्ट बनाउने गरि शैक्षिक कार्यक्रमलाई अगाडि बढाउने उहाँको भनाई थियो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुमार्गीले विद्यालयमा उच्च शिक्षा सञ्चालन गर्न रिमालले नयाँ आयाम थप्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आगामी शैक्षिक शत्रदेखी बिधालयमा उच्च शिक्षा अध्यानको तयारी गर्न लागेको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथी न्यौपानेले जिल्लाको उत्कृष्ठ बिधालयको रुपमा एकेडेमी रहेको र आगामी दिनमा पनि शिक्षाको गुणस्तर उच्च बनाउन आफुले पनि सकदो सहयोग गर्ने बताएका थिए । रिमाललाई स्वागत संगै बिध्यालयले न्यौपानेलाई पनि शिक्षक अभिभाबक संघको अध्यक्षमा नियुक्त गरीएको छ । यस अघि शिक्षक अभिभाबक संघमा सुकृतराज पराजुली अध्यक्ष रहेका थिए ।

उहाँले बिधालयमा शिक्षाको गुस्तरमा आफनो सहयोग निरन्तर रहने बताउनु भयो । कार्यक्रम्मा विद्यालय सञ्चालक समिती सदस्य अंकिता सुमार्गी ,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौत्तम,सहायक प्राध्यापक बिष्णु भट्ट शिक्षक शिक्षिका अभिभाबकहरु लगायतको उपस्थिती रहेको थियो ।

हेटौंडा एकेडेमीको कार्यकारी प्रमुखमा रिमाल नियुक्त https://thahakhabar.com/news/131782/
हेटौँडा एकेडेमीको कार्यकारी प्रमुखमा रमेश रिमाल https://www.tukhabar.com/2021/07/125386/
हेटौंडा एकेडेमीको कार्यकारी प्रमुखमा रिमाल https://www.nawayug.com/?p=104475
हेटौंडा एकेडेमीको कार्यकारी प्रमुखमा रिमाल नियुक्त https://www.onlinepatra.com/story/37289

Leave a Reply

Your email address will not be published. Required fields are marked *