Skip to content

हेटौंडा एकेडेमीका संस्थापक सुमार्गीलाई एन प्याब्सनद्वारा मानार्थ सदस्यता प्रदान

  • by

काठमाडौं साउन, ३२– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनले (एन प्याब्सन) ले  व्यवसायी अरुणराज सुमार्गीलाई मानार्थ सदस्यता प्रदान गरेको छ ।

शुक्रबार सम्पन्न  प्याब्सनको केन्द्रीय परिषद बैठकले  हेटौंडा एकेडेमीका संस्थापक सुमार्गीलाई मानार्थ सदस्यता प्रदान गरेको हो। एन प्याब्सनले नेपालको शिक्षा क्षेत्रमा सुमार्गीले अथक योगदान पु¥याएकाले उच्च मूल्यांकन र सम्मान गर्दै मानार्थ सदस्यता प्रदान गरेको जनाएको छ।

एन प्याब्सनले व्यवसायी सुमार्गीबाट आगामी दिनमा पनि नेपालको शिक्षा क्षेत्रको विकास, प्रवर्द्धन र निरन्तरताको आशा राखेको उल्लेख गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *